‘मन्त्र’ गीतमा सौगात र दीयाको प्रेम (भिडियो)

फिल्म । ‘मन्त्र’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ। सार्वजनिक गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ । सार्वजनिकमा सौगात मल्ल रदीया पुनको मायाप्रेम देख्न सकिन्छ। वैशाख १६ गतेबाट प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसारमा निर्माण टिम लागिरहेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मका निर्देशक खिल बहादुर गुरुङ हुन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ। हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको एउटा अर्गानिक नेपाली फिल्म बनेको छ। यसमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको फिल्मका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

हिमालयन लभ स्टोरी ‘मन्त्र’ मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । यसमा बुद्दि तमाङ, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको फिल्ममा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन्। साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्