संगीत । गीतकार सुरेश वाग्लेको लेख्नमा नयाँ गीत ‘तिमी आयौँ जिन्दगीमा’ सार्वजानिक भएको छ । गीतमा अन्जु पन्त र मनोजराज शिवाकोटीको स्वर रहेको छ भने संगीत पनि मनोजले नै दिएका छन् । सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । गीतलाई केहि समय अगाडी नै रेकर्ड गरिएता पनि भिडियो भने हालै तयार गरिएको हो ।
गीतको तयारी गरिएको भिडियोमा स्वयम् गीतकार सुरेश र उनकी श्रीमती प्रमिला कार्कीलाइ देख्न सकिन्छ । हालै विवाह बन्धनमा बाधिएका जोडीलाई भिडियोमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । उनले गीतको भावलाई भिडियोमा उतार्ने प्रयास गरिएको बताए । ‘भिडियोले आफ्ना प्रेमसंगको केहि पललाई स्मरण गराउने छ’ निर्देशक आचार्यले भने ।
थिएटर आर्टिष्टसमेत रहेकी प्रमिलाले भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छिन् । गीतकार वाग्लेले लामो समयदेखिको एउटा प्रोजेक्ट दर्शकसम्म ल्याउन पाउँदा हर्षित भएको बताएका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।










