देश । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाएका छन् । उनले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्मा अस्वीकृत भएको छ । मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए ।
ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १ सय २४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् । तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् ।
कमेन्ट गर्नुहोस्









