‘सास’ मा मोनु र कमला

0 Shares

संगीत । गायक प्रताप दासको नयाँ गीत ‘सास’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रतापको स्वर रहेको छ भने यसमा सविन प्रियासनको शब्द र शारद सागर अधिकारीको संगीत रहेको छ ।

प्रेमलाई अभिव्यक्त गरिएको गीतको भिडियोमा मोनु शाह र कमला बस्नेतको अभिनय रहेको छ । पानस मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा राज पोखरेलको छायांकन , टेकेन्द्र शाहको सम्पादन र अमित शाही ठकुरीको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्