आफ्नै कथामा ज्योतीको गीत (भिडियो)

संगीत । रचनाकार ज्योतीे गुरुङले आफ्नो दोस्रो गीत सार्वजनिक गरेकी छिन् । नेपालमा रहेका आफ्नो सन्तानको सम्झनामा कोरिएको गीतको शब्द आफ्नै वास्तविक जीवनसँग मेल खाने उनले बताइन । ‘मुटुको टुक्रा’ बोल रहेको गीतमा गायिका देवी घर्ती मगरको स्वर र संगीत सुरज लामिछानेको रहेको छ । सार्वजनिक गीतको भिडियोमा रचनाकार स्वयं गुरुङ र काव्या श्रेष्ठको अभिनय रहेको छ । यस्तै गीतमा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार, ईभा सिंह ठकुरी लगायत पनि फिचर्ड छन् ।

भिडियो सञ्चारकर्मी कुशल श्रेष्ठले तयार पारेका छन् । भिडियोमा श्रेष्ठकै छायांकन , सम्पादनसंगै निर्देशन रहेको छ । साथै , मेकअप दिपिका श्रेष्ठ तथा रगं संयोजन नवीन निरौलाको रहेको छ । सन्तान देशमै छोडी उनीहरुको भविश्यका लागि प्रवासिएका अभिवावकहरुको कथा भिडियोमा देखाउने प्रयास गरिएको निर्देशक श्रेष्ठले बताए । भिडियो रचनाकार ज्योती गुरुङको युट्यूव च्यानल जेजी क्रिएशनमा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्