पल र रेश्माको ‘क्या मज्जा आको’ (भिडियो)

संगीत । अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ रिलीज भएको छ । फिल्म निर्माता अमृत घोले लामाको कम्पनि एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियो एजिएल कै अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । गीतमा पल कृष्णको भूमिकामा छन् भने रेश्माले राधासँगै सीताको भूमिका निर्वाह गरेकी छिन् ।

सार्वजनिक भिडियोमा नाटक प्रस्तुतिको तयारीमा रहेका कलाकारहरुको रिहर्सलको समयलाई चित्रण गरिएको छ । भिडियोमा निर्देशकको भूमिकामा कलाकार निर्मल शर्मा छन् । रमाईलो शैलीको गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ भने यसमा राजनसँगै मेलिना राईले स्वर भरेकी छिन् । नवराज उप्रेतीले छायांकन तथा सम्पादन र कलर ग्रेडिंग नविन निरौलाले गरेको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्