विकट गाउँमा घर बनाउँदै एलिजा

फिल्म । पछिल्लो स्मा म्युजिक भिडियो मार्फत चर्चामा आइरहेकी नायिका तथा मोडल एलिजा गौतमले ‘एलिजा फाउन्डेशन’को तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने भएकी छिन् । उनले आफ्नो जन्मोत्सवको अवसर पारेर आउँदो चैत्र ११ गतेबाट धादिङको विकट गाउँमा १० घर बनाउने तयारी गरिरहेकी छिन् । उनले भूकम्परहित ३ कोठाको घर बनाएर अभियानलाई सुरु गर्न लागेको जनाएकी छिन् ।

चर्चित पत्रकार ऋषि धमलासँग विवाह गरेर चर्चामा आएकी एलिजाले ‘अनुराग’ फिल्म मार्फत रजतपटमा पाइला टेकेकी थिइन् । यद्दपी उनलाई सफलता म्युजिक भिडियोले दिलायो । उनले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् ।

कमेन्ट गर्नुहोस्