अमेरिकामा मृत्युदर बढ्दो

विदेश । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को कारण मृत्यु हुनेको संख्या बढेको छ । अमेरिकामा बुधबार २४ घण्टाको अवधिमा ३ हजार बढी मानिसको मृत्यु भएपछि नयाँ रेकर्ड कायम भएको रोयटर्सले जनाएको छ ।

स्थानीय मिडियाका अनुसार बुधबार ३ हजार २ सय ५३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै, १ लाख ६ हजार २ सय १९ को रेकर्ड संख्यामा संक्रमितहरू अस्पताल भर्ना भएका छन् । पछिल्लो केहि समयको तुलनामा यो अनुपात बढ्दो हो । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोभिड १९ को कारण ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार पुगेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्