विदेश । आउँदो वर्षको जनवरी २० बाट संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पद सम्हाल्ने तयारीमा रहेका जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् । उनले आफु पदमा आउने बितिकै कोभिड- १९ को अन्त्य सम्भव नरहे अनि न्यूनीकरण तर्फ ध्यान दिनेमा बताए । अमेरिकीलाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरेका बाइडनले फाइजर/बायोएनटेकले निर्माण गरेको खोपलाई नै प्रयोगमा ल्याउने छन् ।
उक्त खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरिएको छ । अमेरिका स्थित खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजर/बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाईसकेको छ । यो खोप लिनेले धेरै व्यहोर्ने समस्या भनेको दु:खाई, खोप लगाइने भाग पाखुरामा रातो डाम र सुन्निने समस्याहरू देखिन सक्ने जनाएको छ । त्यसपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मासु दुख्ने समस्या समेत देखिन सक्छ । (बीबीसी)








