थप १ सय ८९ मा कोरोना संक्रमण

देश । गत २४ घण्टामा नेपालमा गरिएको कोरोना भाइरस (कोभिड १९) परिक्षणमा थप १ सय ८९ जनामा संक्रमण रहेको पुष्टी भएको छ । शुक्रबार नियमित मिडिया ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाले पछिल्लो २४ घण्टाको अपडेट गराएका हुन् । नयाँ संक्रमितमा १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् । यसैगरी आइसोलेसनमा १ हजार १ सय ७६ जना रहेका छन् । हालसम्म पिसिआर प्रविधि मार्फत ६६ हजार ७ सय २९ र आरडीटि प्रविधि मार्फत १ लाख ७ हजार ५५ जनाको परिक्षण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा कपिलवस्तुमा १०९ जना , सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिरहामा ११ जना , सप्तरीमा ९ जना , धनुषामा ७ जना , रौतहटमा ६ जना , दाङमा ५ जना , महोत्तरीमा ४ जना , पर्सामा २ जना , संखुवासभामा २ जना , झापामा १ जना , ललितपुरमा १ जना र बारामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

पछिल्लो विवरण अनुसार प्रदेश नम्बर १ मा १ सय ३० जना , प्रदेश नम्बर २ मा ४ सय ४२ जना , बागमती प्रदेशमा १५ जना , गण्डकी प्रदेशमा १७ जना , प्रदेश नम्बर ५ मा ४ सय ९६ जना , कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिममा प्रदेशमा १५ जना आइसोलेसनमा रहेका छन् । क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्