लामिछाने दम्पतिलाई कोरोना संक्रमण

देश । कार्यक्रम प्रस्तोता रवी लामिछानेमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामान्य लक्षण देखिएपछी गरिएको पीसीआर परिक्षणमा रवीसँगै उनकी पत्नी निकिता पौडेलमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनले सामाजिक सञ्जाल मार्फत आफुहरुमा कोरोना भाइरस पोजेटिभ भएता पनि अवस्था सामान्य रहेको जनाएका छन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधवार पीसीआर टेस्ट गरेका थियौँ’ उनि लेख्छन् ,’केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ ।’ घरमा उनीहरु दुइ मात्र रहेकाले होम आइसोलेसनमा रहेको बताएका छन् । यद्दपी उनले घरमा वृद्धवृद्धा भए समस्या जटिल हुने भन्दै लापरवाही नगर्न आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्