देश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम गर्न नेपाल सरकारले लकडाउन गरिरहेको छ । यो अवस्थालाई एक आपसमा मिलेर जित्नु पर्ने नेपाल सरकारले बताउदै आएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन विश्वका अधिकांस देश लकडाउनमा रहेका छन् । नेपाल पनि गत चैत्र ११ गते देखि लकडाउनमै छ ।
नेपाल लकडाउनमा रहेकाले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि स्थगित गरेको थियो ।