फिल्म । निर्देशक रोहित शेट्टीले नयाँ फिल्म ‘सर्कस’ निर्देशन गर्ने भएका छन् । उनको निर्माण समेत रहने फिल्ममा ‘सिम्बा’ र ‘सूर्यवंशी’ मा काम गरिसकेका रणवीर सिंह लिड हिरो हुनेछन् । कमेडी जनरको फिल्ममा रणवीर डबल रोलमा देखिने बताइएको छ । सेक्सपियरको प्ले कमेडी अफ एरर्सबाट प्रेरित भएर निर्माण हुने यो फिल्मका बारेमा स्टार एण्ड क्रिउले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
मल्टीस्टारर बन्ने फिल्ममा पूजा हेगडे, ज्याकलीन, वरुण शर्माको पनि अभिनय रहनेछ । फिल्मको छायांकन नोभेम्बरबाट सुरु हुँदैछ । फिल्म निर्माणका लागि रोहितले पहिलो पटक भूषण कुमारसँग सहकार्य गर्दैछन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











