सुहाना भन्छिन् ‘रोमान्टिक हुन् मामुले सिकाउनु भयो’ (फोटो फिचर)

फिल्म । अभिनेत्री हुँदै निर्देशक बनेकी झरना थापाकी छोरी सुहाना थापा यस वर्षको अन्त्यमा प्रदर्शन हुने फिल्म ‘ए मेरो हजुर ३’ मार्फत डेब्यु गर्दैछिन् । आफ्नै प्रोफेसनमा छोरीलाई ल्याउन पाउँदा झरना दंग छिन् । साथै सार्वजनिक प्रचारप्रसारको सामग्रीले पनि सुहानालाइ चर्चामा ल्याएको छ । झरनाको छोरी हुदै अनमोल केसीको को-स्टार भनेर चिनिएकी सुहानामा आत्मविश्वास छ ।

‘मलाइ अनमोल फिल्ममा छ भन्ने थाहा थियो तर मैले अभिनय गर्दैछु भन्ने थाहा थिएन’ सुहाना भन्छिन् ‘मामुले कल गरेर तिमी अब हाम्रै फिल्म मार्फत डेब्यु गर्नु पर्छ भन्नु भयो ।’ सुहानाले यसलाई सिरियसली लिएकी थिइनन् तर केहि समयपछी न्युजमा उनको डेब्युको चर्चा भयो । त्यसपछि सुहानाले झरनासँगको संवादमा आफुलाई डेब्युको लागि तयार गरिन् ।

उनि फिल्मी ब्लड भएकोले पनि केहि हदसम्म उनि जानकार नै थिइन् । त्यसो त उनको हाइटको चर्चा पनि हुने गर्छ । हिरोइन बन्न टल हुनु पर्छ , तर सुहानाको कदको हिसाबमा सानी छिन् । ‘म जे जेस्तो छु यसलाई गड गिफ्टको रुपमा लिन्छु’ सुहाना आफुलाई नेचरले दिएको चिजमा इन्जोय गर्नु पर्छ भन्ने सोचकी छिन् । आमै नै निर्देशक हुँदा उनलाई झनै सहज भयो । प्राय कलाकारलाई आफ्नो अभिभावक हुदा रोमान्सको दृश्यमा अप्ठेरो महसुस हुने गर्छ , तर सुहानालाई ट्रीक नै झरनाले दिईन ।

‘मलाइ रोमान्टिक फिल ल्याउन मामुले नै अनमोलको बारेमा धेरै सोच भनेर भन्नु भयो’ उनि भन्छिन् ‘मामु आफै पनि कलाकार भएकोले मेरो अवस्था उँहालाई ज्ञात थियो ।’ फिल्ममा सुहनाको जोडी बनेका छन् , अनमोल केसी । फिल्ममा उनि गायक प्रेमको भूमिकामा छन् । यसमा अर्पण थापा , सलोन बस्नेत , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका छन् ।

कमेन्ट गर्नुहोस्