खानापछि मास्क र सेनिटाईजर

देश । फेम नेपालको आयोजनामा ‘मिस हङकङ नेपाल २०१७’ का विजेताहरुले कोरोना भाइरसको कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गरेका छन् । उपत्यकाको महालक्ष्मीथानमा आइतबार उनीहरुले बिहानको खाना खुवाउनुका साथै स्वास्थ्य सामग्री समेत वितरण गरेका छन् । व्युटी प्याजेन्टबाट उदाएका शुष्मा लिम्बु, प्रजिला गर्वुजा र अलिजा गुरुङको समेत सहकार्यमा महालक्ष्मीथानमा रहेको फुड तथा क्लोथ ब्यांकमा १ सय ५० जनाको हाराहारीमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री अन्तर्गत हप्ता पुग्नेमास्क र सेनिटाईजर वितरण गरिएको थियो ।

‘यस्तो अवस्थामा हामी एकअर्काको सहयोगी बन्नु पर्छ’ फेम नेपालका विमल पछाईले बताए । उनले आउँदो समयमा पनि यस्तो सहयोग गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरे । मनोरन्जनात्मक गतिविधि गर्ने इभेन्ट कम्पनि फेम नेपालले समस्यामा परेकालाई सहयोग गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्