भाइरस भएको ल्यापटप ‘करौडौ’ मा विक्री

7 Shares

प्रविधि । भाइरस भन्ने वितिकै सबै सतर्क हुने गर्छन् । किनकी प्रयोगकर्ताका लागि कम्प्युटर सिस्टममा भाइरस हुनु भनेको गडबडी हो, जसले ल्यापटपका डाटाहरुलाई खतरामा पार्दछ । तर विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य करोडौँ पर्दछ ।

यस्तै भएको छ विश्वकै सबैभन्दा खतरनाक ६ वटा भाइरस भएको ल्यापटप अनलाइन लिलामीका क्रममा उक्त ल्यापटप करौडौमा बिक्री भएको छ । सामसुंग कम्पनीको उक्त ल्यापटपमा दुनियाँकै खतरनाक भाइरस थियो भने यसले विश्वभरमा ९५ अर्ब डलरको नोक्सान पुर्‍याएको थियो ।

उक्त ल्यापटपलाई इन्टरनेट आर्टिस्ट गुओ ओ डंग र साइबर सेक्योरिटी कम्पनी डिप इन्स्टिंक्टले तयार पारेका हुन् । उक्त ल्यापटपमा Wanna Cry, BlackEnery, MyDoom, ILOVEYOU, SoBig, Darktequilaa लगायतका भाइरस रहेका छन् । ती भाइरसले कम्प्युटरमा कुनै असर नपारुन् भनेर ल्यापटपमा कैयन् सुरक्षा टिप्सको प्रयोग गरिएको छ भने पोर्ट पनि निस्क्रिय परिएको छ । त्यसा भएको भाइरस पोर्ट मार्फत अन्य डिभाइसमा सर्न नपाओस् र ल्यापटपमै भाइरस सक्रिय नहोस् ।

Facebook Comments