संगीत । गीतकार अम्बिका शर्माको लेख्नमा नयाँ गीत ‘हिँड्दा हिँड्दै’ सार्वजनिक भएको छ । आफुले मन पराएको मान्छेलाई प्रेमभाव व्यक्त गर्न नसक्दाको परिस्थितीलाई दर्शाउन खोजिएको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत संयोजन छ भने यसमा गायिका सुप्रिया शर्माको स्वर रहेको छ । गायिका शर्माले यसै गीत मार्फत गायनमा पाइला टेकेकी हुन् ।
गीतको भिडियोमा पल शाह र सुपुष्पा भट्टको अभिनय रहेको छ । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त नाम पल र फिल्म हुँदै फिल्ममा उदाउदै गरेकी सुपुष्पाको जोडी दर्शकको लागि फ्रेस जोडी हो । यी दुइको केमेष्ट्री मिलाएर भिडियो तयार पारेका छन् , निकेश खड्काले । भिडियोमा विकास धमलाको सम्पादन, बुद्ध थापाको छायांकन तथा सुबोल थापाको कोरियोग्राफि रहेको छ ।
कमेन्ट गर्नुहोस्










