संगीत । गायक सन्तोष बस्न्यातको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘फ्राइडे नाइट’ बोलको गीतमा राज कुमार बस्नेतको संगीत तथा गायक सन्तोषकै शब्द रचना रहेको छ । लामो समय बेलायतमा संगीत अध्ययन गरेर फर्केका सन्तोषले हालै नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा ‘भिजिट नेपाल’ बोलको गीतबाट द्वितीय स्थान हासिल गरेका थिए।
अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा कन्सेप्ट अनुपको रहेको छ । भिडियोलाइ सौगात मान सिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोमा बिबेक कर्माचार्य र अभिलाषा शर्मा फिचर्ड छन् ।
कमेन्ट गर्नुहोस्