फिल्म । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा तयार हुने फिल्म ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहुर्त गरिएको छ । मुहुर्तमा फिल्मका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले सट दिएका थिए । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माणहुने फिल्मको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा हुनेछ ।
फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।
मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ ।











