संस्थाहरु विज्ञप्ति ,’एउटा गल्ति सच्याउन गरिएको अर्को गल्ति’

फिल्म । करहि दिन यता फिल्म क्षेत्रमा विवाद बढ्दो छ । विशेषगरि कोरोना भाइरस (कोभिड १९) पछि नेपाली फिल्मकर्मीहरु विवादमा आइरहेका छन् । पछिल्लो विवादको चर्चा गर्ने हो भने हामीले नायिका पुजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीको घटनाक्रमलाई हेर्नु पर्ने हुन्छ । सञ्चारकर्मी सुवेदीले आफ्नो कार्यक्रममा नेपाली अभिनेत्रीहरु लक्षित टिप्पणी गरेपछि यो विवाद उत्पन्न भएको हो ।

सञ्चारकर्मी सुवेदीले अभिनेत्रीहरु आक्रोश पूर्णशैलीमा व्यक्तिगत रुपमा टिप्पणी गरेका थिए । यसको विरोध सर्वत्र भयो । अन्तर्वार्तामा नआएको विषयलाई लिएर आफु माथि ति शब्दहरुको हमला गरिएको भन्दै नायिका शर्माले विरोध गरिन् । उनले आफु सम्बद्ध संस्थामा न्यायको लागि निवेदन दिईन् । उनले सुरुवाती प्रक्रियामा सञ्चारकर्मी सुवेदी विरुद्ध निवेदन दिने तथा कानुनी प्रक्रिया अपनाउने तर्फ लागिन् । नायिका शर्माले आफुलाई परेको अन्यायका निमित आफु सम्बद्ध संस्थालाई साथ् दिनु र कानुनी उपाए अपनाउनु सहर्निय थियो ।

तर , उजुरी दिन जाँदा देखिको मिडियाबाजीले भने उनको आवाजलाई कम्जोर बनाइ रहेको थियो । यसमा थपिएको छ , संघसंस्थाको निर्णय । यसै प्रकरणमा जोडिएर फिल्मसंग सम्बन्धित ७ संस्था संयुक्त विज्ञप्तिमा बाहिर ल्याएका छन । केही समय अगाडि कलाकारलाई गाली आएको भन्दै ७ संस्था एक भएर निकालेको विज्ञप्तिको विरोध भयो । यस्तै भईरहेको छ , पछिल्लो समय निस्किएको विज्ञप्तिको पनि ।

सञ्चारकर्मी सुवेदीले टेलिभिजनबाट माफी मागिसकेको अवस्था र यसलाई चित्त नबुझाएर नायिका शर्माले कानुनी बाटो रोजिसकेको अवस्थामा शुक्रबार ७ संस्थाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्ति आउनु अस्वाभाविक रहेको टिप्पणी सामाजिक सञ्जालमा भईरहेको छ । हिजो सञ्चारकर्मीले गलत गरेको टिप्पणी गर्ने सञ्चारकर्मी , पत्रकार र केहि फिल्मकर्मीले यतिबेला संस्थाका अध्यक्षहरुले गलत निर्णय गरेको प्रतिक्रिया दिईरहेका छन् ।

प्रकाशले सञ्चालन गर्दैै आएका २ कार्यक्रममा सहभागी नहुन भनिएको छ । संस्थाले कानुनी उपायमा सहयोग गर्नु पर्ने वा वार्ताको हलबाट समस्या सुल्झाउनुको सट्टा जारी गरिएको व्यक्तव्यको विरोध भईरहेको छ । चलचित्र कलाकार संघको अगुवाइमा नेपाल चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र निर्देशक समाज, चलचित्र प्राविधिक संघ, चलचित्र नृत्यकार संघ, चलचित्र द्वन्द्व समाजले विज्ञप्ति जारी गरेका हुन् ।

यसैगरी संयुक्त संस्थाको विज्ञाप्तिमा हस्ताक्षर गरेको भन्दै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको विरोध भएको छ । उनकै कार्यसमितिको महासचिव रोज राणाले उक्त हस्ताक्षरमा संस्थाको साथ् नरहेको समाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले, प्रकाश सुवेदीले टेलिभिजनबाट बोलेको कुरा पत्रकारिता आचारसंहिता विपरीत भएको भन्दै यसको आलोचना पनि गरेका छन् ।

तर, प्रकाशले माफी मागिसकेको अवस्थामा विभिन्न संस्थाहरुले कार्यक्रमलाई नै बहिष्कार गर्नुपर्ने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले, चलचित्र निर्माता संघको तर्फबाट अध्यक्षले गरेको हस्ताक्षर संस्थाको नभई व्यक्तिको धारणा भएको उल्लेख गरेका छन् । महासचिवको यो भनाइलाई सदस्य अर्जुन कुमारले समर्थन गरेका छन् । अर्जुनले पनि अध्यक्षको हस्ताक्षरमा आफ्नो समर्थन भएको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्