आर्यनलाई सुदर्शनको शुभकामना

117 Shares

फिल्म । अभिनेता आर्यन सिग्देललाई निर्देशक सुदर्शन थापाले जन्मदिनको शुभकामना दिएका छन् । फिल्मनगरीमा ‘मेरो एउटा साथी छ’ मार्फत सुदर्शनले निर्देशनमा पाइला टेकेका थिए भने आर्यन स्थापित अभिनेतामा परेका थिए । त्यसपछि के यो माया हो , मेरो लभ स्टोरी र मधुमासमा आर्यन र सुदर्शनले सहकार्य गरेपनी त्यसपछि भने यी दुइले साथ् काम गरेका छैनन् ।

प्रेम कथालाइ पर्दामा देखाउन माहिर निर्देशक सुदर्शन र आफुले पाएको क्यारेक्टरमा जीवन भर्ने आर्यन बीच आपसी मनमुटाव हुँदा यी दुइले अन्य फिल्ममा सहकार्य गरेनन् । तर , सुदर्शनले आर्यनलाई तिथिमै पर्ने डेटमा शुभकामना दिएपछि यी दुइ बीच सहकार्यलाई लिएर देखिएको सम्भावनाले यिनका फ्यान भने पक्कै खुसि छन् । आर्यन र सुदर्शनले टेलिफिल्मबाटै सहकार्य थालेका थिए । सुरुवाती दिनमा संगै संघर्ष गरेका आर्यन र सुदर्शनको सहकार्य नयाँ फिल्ममा कहिले देख्न पाइने हो ? यो भने समयले नै बताउनेछ ।

कमेन्ट गर्नुहोस्