फिल्म । भोजपुरी अभिनेत्री रानी चटर्जीले आफु डिप्रेसनमा रहेको बताएकी छिन् । रानीले इन्स्टाग्राम पोस्टमा नोट लेखेर मुम्बई पुलिससँग मद्दत मागेकी छन्। उनले आफूलाई एक व्यक्तिले दुव्र्यवहार गरिरहेको उल्लेख गर्दै लेखेकी छन्, ‘म धेरै डिप्रेसनमा छु।
१५ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा काम गरिरहेकी रानीले आफू अहिले तनावमा रहेको बताएकी हुन् । उनले मजबुत र सकारात्मक बन्ने प्रयास गरे पनि नसकेको समेत उल्लेख गरेकी छन् । ‘यो व्यक्तिले धेरै वर्षदेखि मेरो बारेमा फेसबुकमा घिनलाग्दा गाली गरिरहेका छन्। मैले इग्नोर गर्ने धेरै प्रयास गरेँ तर सकिरहेको छैन’ रानीले लेखेकी छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










