फिल्म । नायिका मिरुना मगरले भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई ‘न्यानो स्वागत’ गर्न आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत नाकामा सावधानी अपनाउदै नेपालीलाई आफ्नो देश फर्काउनु पर्नेमा जोड दिएकी हुन् । आफ्नै देश फर्किदा पनि कठिनाइको सामना गर्दा नेपालीको मन दुख्ने उनको तर्क छ ।
‘हामी सबैलाई दुःख पर्दा आफ्नो आमा र आपत्त पर्दा आफ्नो देश अवश्य याद आउँछ । अहिलेको यो आपत्तकालिन परिस्थितिमा हाम्रा नेपाली दाईभाइ दिदीहिनी नेपालको विभिन्न नाकाबाट आफ्नो देशभित्र प्रवेश गरिरहनुभएको छ । उहाँहरुलाई हामी सबै मिलेर स-सम्मानका साथ स्वागत गरौं’ मिरुनाले आफ्नो सामाजिक सञ्जाल मार्फत जारी गरेको भिडीयोमा भनेकी छिन् ।
कमेन्ट गर्नुहोस्











