संगीत । प्रसिद्ध गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । गीतकार थापाको उपचारकै क्रममा बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
उनको ८३ वर्षको उमेरमा निधन भएको हो । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ । घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै (सीमाना फिल्म) जस्ता कालजयी गीत मार्फत उनले दर्शक तथा श्रोताको मन जितेका थिए ।
कमेन्ट गर्नुहोस्










