देश । शुक्रबार विहान सर्लाहीमा एकै पटक १५ जना संक्रमित थपिएको छ । यससँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ । जस मध्ये २ जनाको उपचार काठमान्डौमा भइरहेको छ भने ३ जना विरगंजमा छन् । यसैगरी शुक्रबार विहान गोडैतामा संक्रमण पुष्टी भएपछी सर्लाहीको गोडैता नगरपालिकाको वडा नं. १ देखि १२ सम्मलाई नै शिल गरिएको गोडैता नगरपालिका मेयर देवेन्द्र यादवले जनाएका छन् । गोडैतामा अर्को सूचना जारी नभएसम्म औषधी पसल बाहेक अन्य सबै पसलहरु तथा बितिय संस्था, गैर सरकारी संस्थाहरु बन्द गरिनुका साथै नगरपालिकामा अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जनाईएको छ ।
यसैगरी शुक्रबार विहान सर्लाहीमा १५ नयाँ कोरोना संक्रमितको पुष्टी भएपनि एक जना भने भेटिएका छैनन् । गोडैतामा उनको खोजि गर्दा पनि कतै नभेटिएको मेयर रायले बताए । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञाप्ति अनुसार १४ जना गोडैता नगरपालिका र १ जना रामनगर गाउँपालिका बहौर्बाका एक जना संक्रमित भनिएको छ । यद्दपी गोडैता र बहौर्बाको गरि १४ जना संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
गोडैता नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिय पुरुष, वडा नं. ८ बस्ने ३४ वर्षिय पुरुष, वडा नं. ९ बस्ने १८ वर्षिया महिला, वडा नं. १२ बस्ने ३८ वर्षिय पुरुष र वडा नं. ११ बस्ने २५, ३२, २७, २५, २२, ३८, ३८, २४, ३५ वर्षिय पुरुषहरु गरी जम्मा १३ जना र एक जना रामनगर गाउँपालिका बहौर्बाको गरी जम्मा १४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो । संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएका थिए ।
सर्लाहीमा रामनगर गाउँपालिका बहुअर्वा गाउँकै १८ वर्षिया युवती ,धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरको त्रियुगा नगरपालिका का ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।








