फिल्म । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । कोरोना भाइरसको फैलिदो संक्रमणलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वकका अधिकांस देश अहिले लगभग बन्द छन् । केहि काम घरबाटै गरिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी बाहेक लगभग अन्य घरमै छन् । यसैसँगै मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ ।
चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । चीनको केहि फिल्म हल खुलेता पनि अन्य देशमा भने बन्द छ । हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । यसै बीच केहि फिल्म निर्माताले ओटिटी माध्यमबाट पनि फिल्म रिलिज गर्ने तयारी थालेका छन् । नवाजुदीन सिद्दिकी अभिनित फिल्म ‘घूमकेतु’ र अमिताभ बच्चनसँगै पहिलो पटक स्क्रिन शेयर गरेका आयुष्मानको प्रतिक्षित फिल्म ‘गुलाबो सिताबो’ ले रिलिज घोषणा गरिसकेका छन् ।
यहि लिस्टमा थपिएको छ ‘शकुन्तलादेवी’ । यो फिल्म छिटै अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ । विद्या बालन अभिनित यो फिल्म ‘ह्यूमन कप्युटर’को नामले परिचित शकुन्तला देवीको बायोपिकमा हो । शकुन्तलालाई गणितीज्ञ पनि भनिन्छ । उनले गणितको हरेक कठिनाइलाई तुरुन्तै सुल्झाउने गरेकी थिइन् । फिल्ममा उनको छोरीको भूमिकामा सान्या मलहोत्रा छिन् । फिल्ममा अमित साध र जिस्शु सेनगुप्ताको पनि अभिनय रहेको छ । अनु मेननको निर्देशनमा तयार भएको फिल्मलाई सोनी पिक्चर्स नेटवर्कले निर्माण गरेका हो । फिल्मको रिलिज डेट नखुलाइए पनि छिटै रिलिज हुने जनाईएको छ । (एजेन्सी)
IT'S OFFICIAL… #ShakuntalaDevi – starring #VidyaBalan and #SanyaMalhotra – to premiere on #Amazon Prime Video… Directed by Anu Menon… Produced by Sony Pictures Networks Prod and Abundantia Entertainment. #ShakuntalaDeviOnPrime pic.twitter.com/dVDu4wYUZ8
— taran adarsh (@taran_adarsh) May 15, 2020










