देश । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या नेपालमा २ सय ४५ नै रहेको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । विहिबार विहान मात्र ५ जना थपिएको विज्ञाप्तिलाई स्वास्थ्य मन्त्रालयले सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै सच्याएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको नयाँ संक्रमित भनिएको थियो । यद्दपी यो संख्या पुरानै रहेको थियो ।












