रुचाइएन् ज्याक्लिनको वेब फिल्म

फिल्म । बलिउड एक्ट्रेस ज्याक्लिन फर्नान्डिज अभिनित वेब फिल्म ‘मिसेज सिरियल किलर’ लाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छैनन् । गत शुक्रबार नेटफ्लिक्समा रिलिज भएको फिल्मलाई दर्शकले ‘नराम्रो’ भनेका छन् । बलिउडका भेट्रान एक्टर मनोज बाजपायीको समेत अभिनय रहेको यस थ्रिलर सिरिजमा एक पत्नीको बारेमा बुनिएको कथा देखाइएको थियो । शिरिष कुन्दर निर्देशित फिल्महरु झैँ रिलिजमा पनि खासै केहि नरहेको प्रतिक्रियाहरु समाजिक सञ्जालमा छ । ज्याक्लिनका पतिलाई सिरियल मर्डर केसमा फसाइएको छ र उनी जेलमा छन् । त्यसपछि ज्याक्लिनले पतिलाई बचाउन गर्ने संघर्षलाई यसमा देखाइएको छ । तर , स्क्रिप्ट , निर्देशन र डायलगले फिल्मलाई निकै फितलो बनाएको छ । यो फिल्म उनकी कोरियोग्राफर र फिल्म मेकर पत्नी फराह खानले प्रोड्युस गरेकी हुन्। (एजेन्सी)
कमेन्ट गर्नुहोस्