देश । पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमले आम मानिस चिन्तित छन् । केहि देशमा यसले देखाएको त्रास र गरेको असरले सबै सजग हुनु जरुरि छ । कोभिड १९ को उच्च जोखिम नेपाल पनि रहेको डब्लूएचओले बताएपछि यहाँ पनि त्रास बढ्दो छ । यसैबीच कोरोना भाइरसबाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन् ।
कोरोना भाइरसको जोखिमलाई कम गर्न सर्वोच्चको फूलकोर्ट बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता अत्यावश्य कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको जनाइएको छ । शुक्रबार सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि मुलुकभरका अदालतले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र राणाले आकस्मिक फूलकोर्ट बैठक डाक्दै परिस्थितिको बारेमा गरिएको छलफलपछि निर्णय लिइएको हो ।









