फिल्मीखबर वर्ष व्यक्ति प्रदीप र मेलिना

फिल्म । विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा फिल्मीखबर चलचित्र वर्ष व्यक्ती एवं फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरेको छ । फिल्मीखबर चलचित्र वर्ष व्यक्तीका रुपमा यसपटक पुरुष तर्फ निर्देशक प्रदीप भट्टराई र महिलातर्फ गायिका मेलीना राई चयन भएका छन् । टेलिफिल्ममा देश दशकको अनुभव संगाल्दै फिल्म निर्देशनमा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमश जात्रा, शत्रुगते एवं जात्रै जात्राको ह्याट्रिक सफलतासँगै उनको निर्देशनले बटुलेको समीक्षाको आधारमा उनलाई चयन गरिएको बताइएको छ ।

यसैगरी ‘नोभेम्बर रेन’ को पल भरमै खुसिमा स्वर दिएर पार्श्व गायनमा उदाएकी मेलिना राईलाई सिरैमा सिरबंदी , कम्मर माथि पटुकी लगायतका गीतले पार्श्व गायनमा स्थापित नै बनायो । यिनै मेलीनालाई यस वर्षको महिला तर्फको वर्ष व्यक्तीमा चयन गरेको फिल्मीखबरले बताएको छ । फिल्मको गीतसंगै आधुनिक एवं लोकगीतमा उनको बढ्दो व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मान्दै मेलीना राईलाई चयन गरिएको बताइएको छ ।

यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सवीन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार यसवर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा गरेको छ । विगत डेढ दशकभन्दा लामो अवधिदेखि रंग पत्रकारितामा सक्रिय रुपले संलग्न रही हाल म्यूजिक खबर डटकम र म्यूजिक खबर पाक्षिकमा प्रधान सम्पादक रहेका सुमनको सक्रियताको मूल्यांकन गर्दै फिल्मीखबरले फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वार्षिकोत्सवकै दीन कार्यक्रम गरि सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यसपटक कोरोना भाइरसको संक्रमणका कारण केहि दीन पछी कार्यक्रम गरि सम्मन र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले बताएका छन् । वर्ष व्यक्तीका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११०११ (एघार हजार एघार रुपैया मात्र) सहित सम्मान पुरस्कार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्