देश । रवी लामिछानेलाई कार्यक्रम संचालक लिएर घोषणा गरिएको नयाँ शो ‘द लिडर’ को निर्णायक मण्डलमा पुर्व मिस नेपाल शृंखला खतिवडा थपिएकी छिन् । उनि आफैले इन्स्टाग्राम मार्फत आफु शोको एक निर्णायक रहेको खुलाएकी हुन् । केहि समय अगाडी घोषणा गरिएको रियालिटी शोमा बाबुराम भट्टराई, शुशिला कार्की र रविन्द्र मिश्र निर्णायक हुने बताईएको थियो । यद्दपी दुई निर्णायक थपिने संकेत गरिएको थियो ।
शृंखला पछिल्लो समय खोजिने सेलिब्रेटीमा पर्छिन् । फिल्ममा अभिनय नगर्ने बताएकी शृंखलाले आफुलाई समाजिक व्यक्तित्वको रुपमा अगाडी बढाईरहेकी छिन । त्यसो त शोमा निर्णायक मण्डलमा रहने निर्णय गर्न उनलाई ६ महिना लाग्यो । उनी लेख्छिन्,’म द लिडर अडिसन’ को निर्णायक बनेको खबर सार्वजनिक गर्न पाउँदा उत्साहित छु ।’
आउँदो मार्च २१ बाट अडिसन सुरु गर्ने भनिएको शो सुरु हुन् पछिल्लो समय विश्वमै फैलिदो क्रममा रहेको कोरोना भाइरसकै कारण ढिलाई हुनेछ । शोलाई स्तरीय बनाउन निर्माण कम्पनिले निकै मेहनत गरिरहेका छन् भने यसलाई युवापुस्तासम्म पुर्याउन शृंखलाको प्रवेश भएको बुझ्न सकिन्छ ।