भ्यालेन्टाइन डेमा ‘लभ डायरीज’

फिल्म । आउँदो भ्यालेन्टाइन डेलाई लक्षित गर्दै सोहि दिन फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आउंदै छ । प्रेम कथामा आधारित फिल्म भएकोले सोहि दिन रिलिज गर्न लागिएको फिल्मका निर्देशक सौरभ चौधरीले बताए । पढाइले इन्जिनियरिङ गरेका सौरभ यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । ‘मैले युवापुस्ताकै प्रेम कथालाई प्रस्तुत गर्ने कोसिश गरेको छु’ उनले भने ,’पछिल्लो समय प्रेमलाई बुझ्न र साँचो माया पाउँन कति गाह्रो छ भन्ने यसको सार हो ।’ फेब्रुअरी १४ मा फिल्म नेपालसँगै अष्ट्रेलियामा रिलिज हुने भएको छ ।

पछिल्लो पुस्ताको समस्या नै प्रेम नबुझ्नु रहेको सौरभको बुझाइ छ । ‘जब प्रेम बुझछन , ढिला भइसक्छ’ उनले भने । प्रेममा आउने उतारचढावसँग आफ्नो प्रेमलाई फिल्म हेर्ने दर्शकले सम्झिनेमा उनि विश्वस्त छन् । सार्वजनिक गीतसंगीतसँगै ट्रेलर हेरेर दर्शकले एक किसिमको अनुमान लगाई सकेका छन् । ‘ट्रेलर हेरेर हल पुग्ने दर्शकलाई निराश बनाउदैन , किनकी त्यो ट्रेलर मात्र हो’ सौरभले भने ।

प्रेमकथानक यस फिल्ममा सुशील श्रेष्ठसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । फिल्ममा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई फिल्ममा देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्