अगस्टमा शहिदको ‘जर्सी’

फिल्म । पछिल्लो फिल्म ‘कबिर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई शहिद कपूरले प्रस्ट्याईसकेका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘कबिर सिंह’ ले पाएको सफलताले मात्र होइन , उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । कबिर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका थिएनन् । पछिल्लो समय कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबिर सिंह पाएका छन् । शाहिद यतीबेला साउथको फिल्म ‘जर्सी’ को रिमेकमा व्यस्त छन् ।

‘अर्जुन रेड्डी’ को रिमेकपछि शाहिद पुनः रिमेकमा देखिदैछन् । किन त ? उनले एक कार्यक्रममा भने ‘यो कथाले मलाइ छोयो ।’ कबिर सिंहपछि उनि रिमेक फिल्ममा काम गर्ने मनसायमा थिएनन् । त्यसैले उनि फ्रेस स्टोरीको खोजिमा थिए । तर , उनलाई ‘जर्सी’ को रिमेक अफर भएपछी फिल्म हेरे । उनले आफुले फिल्म ४ पटक हेरेको बताए । ‘म सक्कली फिल्म गर्न चाहन्थे ताकि मानिसहरूले नसोचुन कि म मात्र रीमेक गर्दैछु । तर जब मैले यो फिल्म हेरे, यसले मेरो हृदय छोयो’ उनले भने , ‘चरित्र कबीर सिंह जस्तो छैन । ऊ शान्त, अन्तर्मुखी मानिस हो तर उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ ।’

शाहिदले फिल्मकै लागि प्रशिक्षण समेत लिए । उनि क्यारेक्टरलाई झनै बुलन्द बनाउन कुनै कसर बाँकी राखेका छैनन् । यसमा उनका पिता पंकज कपूर पनि देखिने भएका छन् । निर्देशक तथा कलाकार पंकजले फिल्ममा शाहिदको मेन्टरको भूमिका निर्वाह गर्नेछन् । शाहिदसंग फेरि एक पटक स्क्रिन शेयर गर्ने भएपछी पंकज खुसि छन् । पछिल्लो समय यी बाउ छोरा मौसम र शानदारमा संगै देखिएका थिए ।

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन । त्यसपछि उनि नेशनल टिमसम्म कसरि पुग्छन ? भन्ने विषयलाई फिल्ममा देखाइनेछ । उनको को-स्टारको रुपमा मृनाल ठाकुर हुनेछिन् । फिल्मका लागि सुरुवात रश्मिका मन्दना रहने चर्चा भएता पनि उनले अफर स्विकरिनन । त्यसैले अब शाहिदको जोडीको रुपमा रहनेछिन मृनाल । उनले सुपर ३० र बाट्ला हाउस जस्ता फिल्ममा काम गरिसकेकी छिन् । जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गर्नेछन् । फिल्म आउँदो वर्ष सन् २०२० को अगस्ट २८ मा रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्