‘सेन्टी भाइरस’ को विदेश राइट्स विक्री

फिल्म । आउँदो फागुन ९ मा रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’ को विदेश राइट्स विक्री भएको छ । महँगो मूल्यमा यो फिल्मको विदेश राइट्स विक्री भएको हो । यसलाई फिल्मका निर्माता धुर्मुस अर्थात सिताराम कट्टेलले प्रस्ट्याएका छन् । फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रुपैयाँमा विदेश राइट्स खरिद गरेको हो । सोमवार नेप्सिने कम्पनीका नेपाल प्रमुख विधान कार्की र सुविहानी फिल्मस्को तर्फबाट सिताराम कट्टेलबीच कागजी सम्झौता भएको हो । फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुविहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् । ‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । गएको असोजमा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ को विदेश राइट्स १ करोड १० लाखमा विक्री भएको थियो ।

कमेन्ट गर्नुहोस्