बेमौसमकी हट

गसिप । ‘वीर विक्रम २’मा काम गर्न थालेपछि वर्षा शिवाकोटीको फेसनमा व्यापक परिवर्तन आएको छ। उनको सामाजिक सञ्जालको टाइमलाइन रिभ्यू गर्ने हो भने त्योभन्दा अघि र पछिका तस्बिरमा यो भिन्नता स्पष्ट देख्न सकिन्छ । तर, सिकारु भन्या सिकारु नै हो । कुन तस्बिर कति बेला सार्वजनिक गर्ने त्यो चाहिँ अझै उनले चाल पाइसकेकी छैनन् ।

वर्षाले केहि दिन यता फेसबुक र इन्स्टामा केही थान तस्बिर सार्वजनिक गरिन्, जहाँ उनी अर्धनग्न अवस्थामा छिन् । तस्बिरको पृष्ठभूमि र वर्षाको लुगाले तस्बिर कुनै समुन्द्र किनारमा गर्मीको समयमा खिचिएको स्पष्ट हुन्थ्यो । तर, उनी यी फोटो उतिबेलै सार्वजनिक नगरेर यतिबेला गरिन्, जतिबेला नेपाल जाडोले लुगलुग कामिरहेको छ । वर्षालाई राम्ररी थाहा छ, जाडोमा यस्ता फोटो सार्वजनिक गरे कभरेज राम्रो पाइन्छ । वर्षाले यही लोभले सामाजिक सञ्जालमा यस्ता फोटो सार्वजनिक गरेकी हुन् । तर, रहरले नांगिँदा उनले बाध्यताले नांगिएका मानिसबारेमा पनि सोचे हुने नि ।

(सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्