मनाङमा ‘प्रेम गीत ३’

फिल्म । यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘प्रेम गीत ३’ को छायाँकन हिमाली भेगमा भईरहेको छ । काठमाण्डू चिसिनुका साथै पछिल्लो समय तराईमा शितलहर चलिरहदा फिल्म युनिट हिमाली भेगमा चिसोको पर्वाह नगरी छायाँकनमा व्यस्त छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको फिल्म युनिट मनाङको जाडोमा आफ्नो क्यारेटरलाई जिवन्त बनाउन लागिपरेका छन् । हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने दृश्य भएकाले अलि गाह्रो भएको र माइनस २६ डिग्री सेल्सियससम्म पनि टिमले मज्जाले काम गरिरहेको निर्देशक मध्यका एक सन्तोषले जानकारी दिए ।

‘मनाङमा १० दिनको छायांकन सकिँदा कुल ७५ प्रतिशत छायांकन पुरा भैसकेको छ’ निर्देशक सेन भन्छन् ,’ अगाडी कुनै अप्ठेरो नआएमा लगभग अबको १०-१५ दिन भित्रमा सम्पूर्ण छायांकन सकिनेछ ।’ राजधानीको किर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायांकन फिल्म युनिट मनाङ पुगेको थियो । निर्माण टिमले छायाँकन स्थलबाट केहि तस्वीर पनि सार्वजनिक गरेको छ । जहाँ हिउमा हिउँ पर्दा छायांकन भईरहेको देख्न सकिन्छ । दुइ सय अगाडीको प्रेमकथामा निर्माण भैरहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

यसमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ । आसुशेन फिल्मस् प्रोडक्सनमा निर्माण भईरहेको फिल्मलाई दर्शकले यसै वर्षको अन्तिम अर्थात चैत २८ गते हेर्न पाउनेछन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।

कमेन्ट गर्नुहोस्