फिल्म । आइतबार बेलुकी चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको हृदयघातका कारण निधन भयो । उनको निधनलाई धेरैले पत्याउन सकेका छैनन् । धेरैपछि फिल्मकर्मीले आश गरेको मान्छे बोर्ड पुगेका थिए । उनको बोर्डमा पदबहाली हुँदा धेरैले सामाजिक सञ्जाल मार्फत ‘अब केहि हुन्छ’ भन्ने भाव व्यक्त गर्दै उनलाई शुभकामना दिएका थिए । तर , ८ महिना बित्न नपाउदै उनले यो संसार छाडे । उनले धेरै योजनालाई अगाडी सारेका थिए , जसले फिल्मनगरीलाई टेवा पुर्याउने पक्का थियो । उनले सारेका योजना त छदैछ , उनले फिल्मकर्मीको लागि अन्तेष्टी खर्च बोर्डले दिने बातावरण बनाउने तयारी थालेका थिए ।
‘फिल्मकर्मीको बिदाइ बोर्डले गर्नु पर्छ’ उनि भन्थे ,’जो संग उनलाई अन्तेष्टी गर्न पनि सबैसंग चन्दा माग्नु नपरोस ।’ शनिवार स्वर्गीय भएका दीपक क्षेत्रीलाई समेत अन्तेष्टीको लागि उनले बोर्डबाट केहि रकम उपलब्ध गराउने तयारी थालेका थिए । ‘जसले यस क्षेत्रलाई हाक्छ , उसलाई अप्ठेरो पर्दा बोर्ड सहयोगी हुनुपर्छ’ उनले धेरैलाई भनेका छन् । भट्टराई फिल्मकर्मीको आशाका दियोको रुपमा रहेका थिए ।
भट्टराई शनिबार आफ्नै कोठाबाट मृत भेटिएका अर्का कलाकार दीपक क्षेत्रीको मलामीमा जान चाहन्थे । त्यसका लागि सोमबार बिहानको हेटौडा यात्रा उनले दिउँसो सारेका थिए । दीपकको अन्त्येष्टिका लागि आइतबार उनले विकास बोर्डबाट २५ हजार दिने व्यवस्था समेत मिलाएका थिए । विहानै हेटौडा जाने तय भएता पनि उनले मलामी गएर निस्किने भन्दै यात्रा दिउसोलाई तय गरेका थिए । चलचित्र पत्रकार संघ हेटौडाले सोमबार साँझ एक गोष्ठी कार्यक्रममा आयोजना गरेका थियो । उक्त कार्यक्रममा उनी अथितिको रुपमा सहभागी हुने कार्यक्रम थियो । त्यसपछि बुटवल जाने उनको कार्यक्रम थियो । तर, बिडम्बना उनको पनि आइतबार निधन भयो र दीपकसँगै सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि भयो । भट्टराईको श्रीमती र एक छोरा रहेका छन् । ०६२ सालमा ओम अस्पतालमै टेस्टट्यूव प्रविधिबाट उनले छोरा जन्माएका थिए । उनका छोरा १५ वर्षका छन् ।










