तस्वीरमा ‘सम्झना बिर्सना’ कि छुल्ठिम

2K Shares

फिल्म । अभिनेत्री छुल्ठिम गुरुङ यतिबेला फिल्म ‘सम्झना बिर्सना’ मा ब्यस्त छिन् । फिल्ममा उनि कलेज गर्लको भमिकामा रहेको अनुमान लगाउन सकिन्छ । जसलाई उनको सार्वजनिक केहि तस्वीरमा प्रस्ट्याएको छ । सार्वजनिक तस्वीरमा उनि फिल्मका अभिनेता आकाश श्रेष्ठसँग कलेजमा देखिएकी छिन । फिल्ममा रहने उनको लुक्स पनि तस्वीरमा देख्न सकिन्छ । सेटबाट लिइएको तस्वीरमा छुल्ठिम झनै राम्रो देखिएकी छिन ।

निमेष प्रधानको निर्देशनमा बन्न लागेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । फिल्मको छायाँकन दार्जीलिङ , सिक्किम लगायतका रमणीय स्थानमा भईरहेको छ । फिल्म ‘नोभेम्बर रेन’ मा ‘डल्ली’ को चरित्र निभाएपछि चर्चामा आएकी छुल्ठिमले आफुलाई गर्न मन लागेको भूमिका निर्वाह गरेको जनाइन । ‘तस्वीरले केहि प्रस्ट्याउछ भने केहि दर्शकको लागि सरप्राइज पनि छ’ उनले भनिन् ।

फिल्ममा छुल्ठिम र आकाशसँगै पुजा शर्मा , सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । आदित्य प्रधान र रेविका प्रधानको लगानीमा फिल्म बन्न लागेको हो । आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको फिल्मलाई शिव ढकालले खिचिरहेका छन् ।

कमेन्ट गर्नुहोस्