मित्रताको कथामा ‘सँग सँगै’

121 Shares

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘सँग सँगै’ को घोषणा गरिएको छ । राजधानी स्थित भद्रकाली मन्दिरमा पुजा गर्दै मुहुर्त गरिएको फिल्म मधुसुदन भट्टराईको निर्देशनमा बन्ने छ भने यसमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहनेछ । सौगात र सृष्टीसंगै मुहुर्तमा अर्की कलाकार आश्मा गिरी पनि उपस्थित थिइन् । फिल्ममा मुकुन भुषाल पनि मुख्य भूमिकामा छन् । फिल्ममा सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको छ ।

‘यसले दुई साथीको मित्रता र वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ’ लेखक सुवेदी भन्छन् ,’ सानैबाट हरेक काम एकसाथ गर्ने बाचा गरेका २ साथीको मित्रतामा आउने दरार र प्रेमको कथामा फिल्म बन्नेछ ।’

दुई साथीको मित्रताको कथामा चलचित्र ‘सँगसँगै’ बन्न लागेको हो । माघबाट सुरु हुने फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । फिल्मलाई शुभकामना दिन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी भद्रकाली मन्दिर पुगेका थिए । तोरण क्षेत्री, विष्णुवहादुर क्षेत्री, रोशन केसी, विष्णु लामिछानेको लगानी फिल्ममा रहेनछ । शिव ढकालको यसमा छायांकन रहनेछ ।

कमेन्ट गर्नुहोस्