छिटै छायाँकनमा राधे

फिल्म । अभिनेता सलमान खानको अभिनय रहेको फिल्ममा तेरे नामको चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा सलमानले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो । झन्डै १४ वर्ष अगाडी आएको यस फिल्मको सिक्वेल बन्ने धेरै नै चर्चा भयो । तर दर्शकले विस्वासिलो मध्यमबाट अझै पनि सिक्वेल बन्ने खबर पाएका छैनन् । तर फिल्मकै एक क्यारेक्टर राधेको नाममा फिल्म बन्ने भएको छ ।

सलमानले आउँदो वर्ष सन् २०२० को इदलाई लक्षित गर्दै ‘राधे ” योर मस्ट वान्टेड भाई’ रिलिज गर्ने घोषणा गरेका छन् । सलमान यसमा एक्सन अवतारमा देखिनेछन् । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले हालै सलमानको फिल्म ‘दबंग ३’ को निर्देशन गरेका हुन् । फिल्म आउँदो डिसेम्बर २० मा रिलिज हुदैछ । यो फिल्मको रिलिज अगाडी नै ‘राधे’ को छायाँकन सुरु हुने भएको छ । फिल्मको छायाँकन आउँदो साताबाट हुने खबर भारतीय मिडियामा छ । त्यसो त ‘दबंग ३’ सँगै ‘राधे’ को टिजर पनि आउन सक्ने अनुमान गरिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्