फिल्म । डेब्यु फिल्म ‘लालपुर्जा’ मा अभिनय गर्ने समयमा चर्चामा आएकी अभिनेत्री मिरुना मगर त्यसपछि सफलताको पछाडी छिन् । पहिलो प्रेस भेटघाटमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा उनि दर्शकसामु चित्रण भएपनि सफलता उनले पाउँन सकेकी छैनन् । त्यसैले यसैले गर्दा पनि मिरुनाको लक होइन ‘ब्याडलक’ छ भन्ने चर्चा पनि फिल्मनगरीमा हुन्छ ।
किनकी हिरोइनमा हुनु पर्ने गुण भएता पनि राम्रो मेकर नपर्दा उनि अगाडी बढ्न सकेकी छैनन् । यिनै मिरुनाले आर्यन सिग्देलसँग जोडी बाधेको फिल्म ‘च च हुई’ आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउदैछ । आर्यनसँग जोडी बाधेको चर्चा हुँदै गर्दा उनको जोडी दयाहाङ राईसँग बाधिने भएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुने फिल्ममा दया र मिरुना पहिलो पटक पर्दामा देखिदै छन् ।
बुझिएअनुसार महिलाको विषयवस्तुमा केन्द्रित फिल्मको नाम ‘जारी’ तय गरिएको छ । यद्दपी यसलाई निर्माण पक्षले सार्वजानिक गरेको छैन । यसबारेमा बुझ्न खोज्दा निर्देशक सुब्बासँग सम्पर्क हुन् सकेन । ताप्लेजुङको पाचथर वरपर छायाँकन हुने फिल्मको टोली आउँदो साता भित्र नै लोकेसनमा पुग्दैछ । त्यहाँको एक जात्रालाई फिल्ममा कैद गर्नु पर्ने भएकोले टिम छिटै नै त्यहाँ पुग्नेछ । उपेन्द्र ‘कबड्डी’ सिरिजका लेखक समेत हुन् ।












