बक्स अफिसमा यस्तो भिडन्त

4 Shares

फिल्म । बलिउडमा आउँदो नोभेम्बर ७ र ८ मा रमाइलो रिलिज हुने भएको छ । उक्त साता हुने भिडन्त छुटै छ । कपाल झरेर तनाव हुने अवस्थालाई चित्रण गर्दै निर्माण गरिएको दुइ फिल्म एकसाथ पर्दामा आउने भएको छ । बाला र उज्डा चमन नामक दुइ फिल्मको कथानै उमेरमै कपाल झरेपछि आउने समस्यामा केन्द्रित छ । यी दुइको सार्वजनिक पोस्टरको थिम समेत एकै रहेको छ ।

यी दुइ फिल्मको सार्वजानिक पोस्टरमा कपाल झरेर तालु भएपछी केहि गरेर पनि कपाल नआउने भावलाई दर्साइएको छ । दुवै फिल्मको पोस्टरमा फिल्का लिड कलाकारले आफ्नो तालुमा पनि हालिरहेका छन् । उज्डा चमनमा लिड रोलमा सन्नी सिंह छन् भने बालामा आयुष्मान खुराना । बलिउड बक्स अफिसमा आयुष्मानकै फिल्म अगाडी हुने भएता पनि एकै सब्जेक्टमा फिल्म बेस्ड भएकोले उज्डा चमन पनि त्यहि डेटमा रिलिज हुदैछ ।

बालालाई अघिल्लो वर्ष स्त्री निर्देशन गरेका अमर कौसिकले निर्देशन गरेका छन् भने उज्डा चमनलाई अभिषेक पाठकले निर्देशन गरेका हुन् । यसमा आयुष्मानसँगै भुमि पेड्नेकर र यमी गौतमको पनि अभिनय रहेको छ । फिल्मलाई निरेन भट्टले लेखेका हुन् भने यसको निर्माता दिनेश विजन हुन् । बलिउडमा संवत पहिलोपटक एकै विषयमा बनेको फिल्मको भिडन्त हुन् लागेको हो ।

कमेन्ट गर्नुहोस्