फिल्म । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बादशाह जुट’ मा आफुलाई बादशाह बन्ने उदेश्य लिएर हिडेका युवाको कथालाई समेटिएको छ । आफुलाई हिरो बनाउन खोज्ने र आफ्नो पहिचानलाई समाजमा स्थापित गर्नेको कथा रहेको यसका निर्देशक जोनी सिंह राणाले बताएका छन् । दसैँ अगाडी मोफसल टुर अन्तर्गत हेटौडा र चितवनमा पत्रकार सम्मेलन गर्दै निर्देशन राणाले फिल्मको बारेमा जानकारी गराएका हुन् । टुरमा निर्देशक जोनी सिंह राणासँगै अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर सहभागी थिए ।
हेटौडा हुँदै चितवन पुगेको टिमले त्यहाँ फिल्म सम्वन्धि जानकारी दिएको थियो । नेपाली दर्शकलाई नयाँ स्वाद हुन् सक्ने फिल्म युनिटले विश्वास लिएका छन् । अभिनेता श्रेष्ठले फिल्ममा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको बताए । ‘अघिल्लो फिल्मको तुलनामा यसमा म फरक रुपमा छु , त्यसैले आश्वादी छु’ उनले भने । मुम्बईमा बस्दै गर्दा नेपाली फिल्ममा डेब्यु गरेकी केइशाले ‘बादशाह जुट’को स्क्रिप्टले नेपालसम्म तान्न सफल भएको बताइन । भने, अर्की अभिनेत्री रश्मीले आफ्नो भूमिका दमदार भएपनि त्यसबारे खासै बताउन चाहिनन् ।
प्रहरीको भूमिकामा देखिएकी रश्मिले आफु कथाको ट्वीस्ट भएको बताइन । फिल्ममा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।
अभिषेक शशी कुमारको लेखनमा निर्मित फिल्ममा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ । एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।