सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

संगीत । सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै विहिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो । पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो ।

त्यस्तै, अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पु¥याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने पत्रकारहरू तुलसी गिरी ‘भावुक’, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनीष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लाग्नु भएका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए ।

अवार्ड विजेताहरु

१, सर्वोत्कृष्ट राष्ट्रिय भाव : रमेश दाहाल – जननी जन्म भुमी । २, सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) : सुमन राई – मेरो देश नेपाल । ३, सर्वोत्कृष्ट चलचित्र गीतकार : वि पाण्डे – बनकी चरी (प्रसाद) । ४, सर्वोत्कृष्ट चलचित्र सङगीतकार : सुवास भुसाल – लै लै (प्रसाद) । ५, सर्वोत्कृष्ट चलचित्र गायक : डेविट शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा ३) । ६, सर्वोत्कृष्ट चलचित्र गायिका : विन्दु परियार– पहिलो नम्बरमा (छक्का पञ्जा –३) । ७, सर्वोत्कृष्ट आधुनिक गायक : शिशिर योगी – तेरो मेरो । ८, सर्वोत्कृष्ट आधुनिक गायक (जुरी) : चिरञ्जीवी भण्डारी –आफ्नै मनमानी । ९, सर्वोत्कृष्ट आधुनिक गायिका : निशा देशार – रुझेका परेली । १०, सर्वोत्कृष्ट आधुनिक गायिका (जुरी) : रिता केसी – अलि अलि नजिक आउ । ११,सर्वोत्कृष्ट आधुनिक गायिका (पब्लिक च्वाइस ) : छनु गुरुङ – के पो भन्ला । १२, सर्वोत्कृष्ट आधुनिक गीतकार पुरुष : डा. डीआर उपाध्याय – स्वार्थी छ दुनियाँ । १३, सर्वोत्कृष्ट आधुनिक गीतकार महिला : तारा अधिकारी – मायाको घर । १४, सर्वोत्कृष्ट आधुनिक गीतकार महिला (डायस्पोरा) : यशोदा थापा (यशु) – मात लागेन । १५, सर्वोत्कृष्ट आधुनिक गीतकार महिला (पक्लिक च्वाइस) : प्रतिमा गुरुङ – आमा । १६, सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार : सन्तोष श्रेष्ठ – स्वार्थी छ दुनियाँ । १७, सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार (जुरी) : सरोज प्याकुरेल – चुप चाप छौं । १८, सर्वोत्कृष्ट पप गायक : सचिन रौनियार – ए मान्छे । १९, सर्वोत्कृष्ट पप गायक (पब्लिक च्वाइस) : भुवन प्यासी – हे बरै । २०, सर्वोत्कृष्ट पप गायिका : सृजना खत्री – डवल माया । २१, सर्वोत्कृष्ट पप गीतकार : केशव बैरागी (माइलो) – साहुकी छोरी । २२, सर्वोत्कृष्ट पप सङ्गीतकार : राजकुमार बगर – हास्न सिकायौ । २३, सर्वोत्कृष्ट पप नव गीतकार (जुरी) : साधुराम गुरुङ – सिन्दुर पोते । २४, सर्वोत्कृष्ट पप नव गीतकार : विल पुर्जा मगर – जुनी जुनी । २५, सर्वोत्कृष्ट आधुनिक नव गीतकार : नारद अचार्य (सुदाम) – विछोडिएको मन । २६, सर्वोत्कृष्ट पप/आधुनिक मोडल पुरुष : सनम कठायत – न भुल्न सके । २७, सर्वोत्कृष्ट पप/आधुनिक मोडल महिला : सृष्टि खड्का उजाड यो । २८, सर्वोत्कृष्ट पप/आधुनिक मोडल महिला (जुरी) : शिल्पा खड्का – तमासा ति सपना । २९, सर्वोकृष्ट आधुनिक म्युजिक भिडियो छायाँकार : अमृत सुनुवार– मनको पिन्जडा । ३०, सर्वोत्कृष्ट पप म्युजिक भिडियो छांयाकार : मुकेश हुमागाई – उजाड यो । ३१, सर्वोत्कृष्ट पप/आधुनिक म्युजिक भिडियो सम्पादक :विरेन्द्र भाट –विपिन) – बिसीयौ की । ३२, सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो निर्देशक : हेम प्रभास –हावाको झोका । ३३, सर्वोत्कृष्ट पप म्युजिक भिडियो निर्देशक : मनोज विष्ट – अलि अलि काली । ३४, सर्वोत्कृष्ट पप/आधुनिक नव गायक : उत्सवकान्त मैनाली – यो हासो रमाइलो । ३५, सर्वोत्कृक्ष् ट पप/आधुनिक नव गायक (इन्करेजमेन्ट) : सञ्जय उपमन्यु पाण्डे – पिरतीको पब्जि । ३६, सर्वोत्कृष्ट पप नव गायिका :नम्रता तामाङ – नगर शंका । ३७, सर्वोत्कृष्ट आधुनिक नव गायिका : विना भट्टराई बाध्यता । ३७, सर्वोत्कृष्ट पप/आधुनिक नव गायिका (इन्करेजमेन्ट) ः सरिता भारती – मेरो जवानी । ३८, सर्वोत्कृष्ट पप/ आधुनिक एरेन्जर : देवेन्द्र नेवा : हावाको झोका । ३९, सर्वोत्कृट पप युगल गायन : रवि ओड र प्रविशा अधिकारी – उजाड यो । ४०, सर्वोत्कृष्ट आधुनिक युगल गायन : रवि थापा र अन्जु पन्त – आज म । ४१, सर्वोत्कृष्ट पप/आधुनिक नव मोडल महिला : नताशा ब्लोन – तिमी हासेको । ४२, सर्वोत्कृष्ट पप/आधुनिक नव मोडल महिला (पब्लिक च्वाइस) : शिलाश्मा हमाल – व्यर्थ रहेछ । ४३, सर्वोत्कृष्ट पप/आधुनिक नव मोडल पुरुष : विरेन्द्र नौभाग्य । ४४, सर्वोत्कृष्ट पप/आधुनिक गीत : जवानीको रस रङ्ग । ४५, सर्वोत्कृष्ट लोक दोहोरी गायिका : रमिला न्यौपाने – बाडुल्की । ४६, सर्वोत्कृष्ट लोक दोहोरी गायक : नेत्र भण्डारी लाहुरे दाईको पल्टने झोला । ४७, सर्वोत्कृष्ट लोक दोहोरी शब्द : शिव हमाल – लालुमै । ४८, सर्वोत्कृष्ट लोक दोहोरी शब्द (जुरी) : सामना शाह – शुभकामना समवेदना । ४९, सर्वोत्कृष्ट लोक दोहोरी शब्द (पब्लिक च्वाइस) :सावित्रा चिलवाल – केशरी । ५०, सर्वोत्कृष्ट लोक दोहोर लय : बसन्त थापा – सालको पात । ५०, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रञ्जित परियार – रेलको भाडा । ५१, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक (पब्लिक च्वाइस) : बसन्त विक –ज्यान माया । ५२, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : अमृता लामिछाने –जोडि ढुकुर । ५३, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका (पब्लिक च्वाइस) : सुमन थापा मगर – लाहुरे साइलो । ५४, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका (जुरी) : रितु तामाङ – पशुपतिमा सुनको गजुर । ५५, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : बुद्धविर थापा – दुःखीले पनि । ५६, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : उषा सुवेदी – बादल । ५७, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : सजिना लामिछाने –पराईको डोली । ५८, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : खगेन्द्र विष्ट – कहाँ जलास । ५९, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला (नृत्य) : अञ्जली अधिकारी –डल्के बर । ६०, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) : प्रदिप रोक्का – ज्यान माया । ६१, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) पब्लिक च्वाइस : सञ्जन बोहोरा – मालिका धुरी । ६२, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो छायांकार : दुर्गा पौडेल – केशरी । ६३, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो सम्पादक : विनोद वम – पिरतीले रुवाउँछ । ६४, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : प्रकाश भठ्ठ – लालु मै । ६५, सर्वोत्कृष्ट मौलिक गायक : सन्तु थापा । ६६, सिंगर अफ द एयर : सञ्जिव राना – ए मेरो मामा । ६७, नव प्रतिभा गायिका : शर्मिला राई – आँखामा गाजल ।

कमेन्ट गर्नुहोस्