फिल्म । केहि समय अगाडी फिल्म ‘सरौतो’ को टिजर सार्वजनिक भयो । एक्सन जनरको टिजरलाई रुचाइयो । टिजरमा सुमी मोक्तानको एक्सनसँगै डेब्यु ब्वाई टंक धमला अर्थात् लियो ट्यांक नोतोस भए । एक्सन थ्रिलर फिल्ममा उनको साउथ इण्डियन लुक्सले चर्चा दिलाएको हो । केहि दिनमा आउने ट्रेलरले थप चर्चा बढाउनेमा टिम पनि विश्वस्त छ । उनको बडी र पर्सानिलिटीले उनलाई नोटिस गराएको हो । लन्डनमा बसोबास गर्ने लियो पेशाले भने चार्टर एकाउन्टेन्ट हुन् । तर उनले सुरुवात भने फिल्मको अध्यन मार्फत नै गरेका थिए ।
फिल्म अध्यन गर्दै एकाउन्टेन्ट
कैलालिमा जन्मिएका लियो काठमाण्डौमा केहि समय रेडियो जक्की पनि बने । उनले ‘भ्वाइस अफ युथ’ एफएममा झन्डै ६ महिना कार्यक्रम प्रस्तोताको रुपमा काम गरे । उनि भिजे बन्न आएका थिएसँगै अभिनय गर्ने प्यास त थियो नै तर बने ‘आरजे’ । ‘समयले मलाइ रेडियोमा पुर्यायो र मैले त्यसलाई नै सदुपयो गरे र काम गर्न थाले’ लियो भन्छन् ,’त्यहि काम गर्ने क्रममा लण्डनमामा फिल्म पढ्ने गरि एप्लाई गरे र त्यहाँ पुगे ।’ उनि सन् २००९ मा बेलायत पुगे । उनले लण्डन पुगेर झन्डै एक वर्ष फिल्मको अध्यन गरे । तर , उनलाई पछी लग्यो यो त सिकाइसँगै अनुभवको काम हो । त्यसैले उनले आफ्नो आर्थिक अवस्था उकास्न सीएको पढाइ पढ्न थाले । उनि भन्छन् ‘मैले एक वर्ष अध्यन गरेपछि लाग्यो अब अनुभव चाहिन्छ त्यसैले फाटफुट अभिनय गर्न थाले र इन्डिपेन्डेड भएकाले सीए पढे’ । उनले सीएसँगै हप्ताको विकेन्डमा स्क्रिन एक्टिङको क्लास झन्डै दुइ वर्ष सिके । त्यहि दौरानमा उनले स्विस एअरलाइन्सको विज्ञापन , कोकाकोलाको विज्ञापनमा समेत काम गरे ।

भारतमा थिएटर
लियोले आफुलाई सीए बनाइसकेपनि अभिनयलाई भने निरन्तरता नै दिन्थे । नेपाली फिल्मसँग उनि टाढिन सकेका थिएनन् । ‘हप्तामा तिन वटासम्म नेपाली फिल्म हेरेको छु , युट्युबमा न आउने समयमा सिडीमा समेत हेरेको छु’ उनि भन्छन् ,’अभिनय भनेको मेरो लागि प्यासन नै हो , यसलाई सकेसम्म निरन्तरता दिन्छु ।’ उनले थियटरमा अभिनय गर्न झन्डै ५ महिना भारतमा बिताएका छन् । उनलाइ उनको एजेन्टले सुझाएपछी उनि सन् २०१७ मा यात्री थियटरको एक प्लेमा सहभागी हुन् भारत पुगेका हुन् । ‘एउटा इण्डियन लुक्सको केटा जो लन्डन बस्छ त्यस्तो चाहिएको थियो त्यसैले म अडिसन मार्फत छानिए अनि त्यहाँ पुगे’ उनले भने । सुरुको एक महिना त रिहल्सल नै भयो त्यसपछि हप्ताको एउटा प्ले हुन्थ्यो । उनले त्यो खाली समयलाई बलिउड अडिसनमा समेत प्रयोग गरे । तर , त्यहाँ चिनजान विना केहि नहुने देखिएपछी उनि कर्मथलो लन्डन नै फर्किए ।
सरौतोसम्मको यात्रा
उनको सपना पुरा गर्ने फिल्म बनेको छ ‘सरौतो’ । किनकी फिल्ममा उनले जुन मेहनत गरे त्यसलाई डेब्यु निर्देशक हरी हुमागाईंले पर्दामा देखाउन मेहनत गरेका छन् । फलत उनको चर्चा सुरु भयो । यतिबेला उनलाई केहि मेकर्स समेत खोजि रहेका छन् । केहि समय अगाडी सरौतो युनिटलाइ एक ड्यासीङ भिलेन चाहिएको थियो । हेर्दा इण्डियन लुक्सको बडीविल्डर भिलेन । खोजीकै क्रममा लियो भेटिएका हुन् । ‘मेरो हल्का फूलका फिचर्ड आउँन थालेको थियो , फोटोहरु पनि त्यहि क्रममा मेरो साथीले मलाइ ट्याग गरेर दिएको बधाई सरौतो टिमले देखेछन् ‘ उनले भने । सरौतो टिमबाट सम्पर्क भएपछी उनले अडिसन दिएर छानिएका हुन् । त्यसपछि उनले क्यारेक्टर अनुसार आफुलाई तयार गर्ने समय एक वर्ष पाए । ‘भारतबाट फर्किएपछी मेरो ज्यान पहिलेको जस्तो थिएन त्यसलाई सुधारे साथै क्यारेक्टरलाई बुझ्ने कोसिस पनि गरे’ उनले भने । त्यस्तो त उनि जिम जान थालेको नै रक दशक बढी भैसकेको छ तर उनि त्यहाँ पुग्ने भएको आफु फिट हुनलाई नै हो । उनले गरेको मेहनत टिजर सार्वजनिक भएपछी प्रस्टियो । उनि भन्छन् ‘मलाइ म्यासेज आउँन थाल्यो , अनि फिल्मसँगै मेरो पनि चर्चा भयो त्यसले मेरो मेहनत खेर गएँन भन्ने लग्यो ।’ उनलाई केहि फिल्मकर्मीले अप्रोच समेत गरिसकेका छन् ।

नेटफ्लिक्स आउँदैछन् लियो
नेटफ्लिक्सको लागि तयार भइरहेको वेव फिल्म ‘कर्मा’ मा उनि लिड रोलमा छन् । साइक्लोजीकल थ्रिलर वेव फिल्मलाई कपिल रिलाजको प्रोडक्सन हाउसले तयार परिरहेको हो । कपिल डाक्टर भोला रिजालका छोरा हुन् । बुल्गेरियान एक्ट्रेस डेल्ली अलेन पनि छिन् । ‘हलिउडमा काम गरिरहेका प्राविधिकसँग काम गर्न पाउँदा धेरै सिकिरहेको छु’ लियो भन्छन् ‘नेटफ्लिक्समा हामीले इंगलिस फिल्म नै तयार गरेका छौ तर छिटै नेपाली फिल्मको पनि सम्भावना छ , कुरा गरेका छौ ।’










