फिल्म । आउँदो वर्ष नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउदैछ । विदेशी पर्यटकलाई नेपाल ल्याउने उदेश्य त छदै नै छ साथै आन्तरिक पर्यटनमा पनि जोडी दिएको छ । यसकै लागि नेपाल सरकार विभिन्न मध्यमले प्रचारप्रसार गरिरहेको छ । तर , पर्यटनको लागि बलियो माध्यम मानिने फिल्मलाई भने यसले वास्ता गर्न सकेको छैन । अर्थात् पर्यटन बोर्डले फिल्म मार्फत प्रवर्धन हुन्छ भन्ने ठान्दैन । त्यसैले त डकुमेन्ट्रीलाई प्रचारप्रसारको माध्यम मानेर सहयोग गर्ने बोर्डले फिल्मलाई सहयोग गर्दैन । तर , एउटा फिल्म हेरेर उक्त लोकेसनमा कति पर्यटक पुग्छन् , यसमा पर्यटन बोर्डले चासो दिएको छैन ।
पछिल्लो समय आन्तरिक पर्यटन प्रवर्धनमा फिल्मको निकै ठुलो महत्व छ । नेपाली फिल्म हिमाली भूभागमा छायाँकन भएदेखि त्यहाँ पर्यटकको चाप बढ्दो छ । यसैको एउटा उदाहरणको रुपमा लिन सकिन्छ , प्रेम गीत सिरिज । सन्तोष सेन निर्मित दोस्रो फिल्म ‘प्रेम गीत’ मा पोखरा देखि मुस्तांगसम्मको यात्रा देखाइएको थियो । त्यो फिल्मले आस्तित व्यापार गर्न नसके पनि गीतसंगीतले निकै चर्चा पायो । त्यो फिल्म हेर्ने अधिकांसले एक पटक मुस्तांग पुग्ने अठोट लिए । किनकी मुस्तांग यात्रा गर्ने अधिकांसलाई प्रेम गीतमा देखिएको दृश्यले लोभ्याएको हो ।

फिल्म हल र युट्युबमा हेरेका केहि दर्शक आन्तरिक पर्यटक नै बने । यसलाई सन्तोषले पनि महसुस गरेका छन् । ‘हाम्रो फिल्म हेरेर त्यहाँ पुग्यौ भन्ने धेरै नै भेटेको छु’ सन्तोष बताउछन् । उनकै फिल्म ‘प्रेम गीत २’ हेरेर रारा यात्रा गर्ने पनि छन् । त्यहाँको एक स्थानीय क्लबले नै २ हजारको हाराहारीमा आउने पर्यटक फिल्म छायाँकन पश्चात ८ हजारको हाराहारीमा पुगेको सन्तोषले बताए । ‘हामीले केहि पाउछौ भनेर छायाँकन गरेका होइनौ , नेपालको सुन्दरतालाई देखाउन खोजेका हौ’ निर्माता सेन भन्छन् ,’हामी आफ्नो किसिमले देशको सुन्दरतालाई फिल्म मार्फत प्रमोट गरिरहेका छौ तर राज्य मार्फत केहि सहुलियत पाएका छैनौ ।’ हिमाली भू-भागमा यात्रा नै कठिन छ , साथै खर्चिलो पनि । यस्तो अवस्थामा यसलाई केहि सहज बनाए राहत मिल्ने निर्माता सेनको भनाइ छ ।
उनि प्रेम गीतकै तेस्रो सिरिजलाई मनाङमा छायाँकन गर्दैछन् । यसपटक उनले निर्देशनमा समेत हात हालेका छन् भने उनलाई छेतेन गुरुङले सघाउदैछन् । अर्थात् फिल्ममा यी दुइको संयुक्त निर्देशन रहनेछ । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको फिल्ममा २ सय वर्ष पुरानो प्रेमकथामा देखाइने छ । जसको सेटको तयारीका लागि यतिबेला सेन सहितको टोलि मनाङ पुगिसकेको छ । यसपटक पनि हिमाली सुन्दर दृश्यमा फिल्म खिचिनेछ । ‘हामीले अघिल्लो सिरिज झैँ यसपटक पनि पर्यटनमा टेवा दिने उदेश्यले काम गरिरहेका छौ’ उनले भने । \

हिमाली भेगको सुन्दरता देशमा मात्र सिमित रहनेछैन , फिल्म प्रदर्शन हुने अधिकांस देशमा यो पुग्ने छ । तर , आफु सहितको टिम यसरि लाग्दा पनि पर्यटनसँग जोडिएको सम्बन्धित निकाएले हौसला दिने कार्य समेत नगरेको बताउछन् । यद्दपी निर्मातासँगै निर्देशक समेत रहेका सेनले विना सम्झौता फिल्म दर्शकसामु ल्याउने तयारी गरिरहेका छन् ।
‘हामीले ध्यान दिने नै प्रस्तुतीकरणमा हो किनकी कथा त हामीले देखेको सुनेको नै हुन्छ’ उनि भन्छन् ‘यसपटक ब्राण्डलाई अझै बलियो बानाउने मेकिङ गर्ने कोसिस रहनेछ ।’ छेतेन गुरुङ्ग र मन्दिप गौतमले तयार पारेको कथामा फिल्म बन्नेछ । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, अनुभव रेग्मी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, सन्तोष सेन, पुस्कर कार्की, समृद्धी शाही ठकुरीलगायतको अभिनय रहनेछ । यहिँ फिल्मबाट ‘गीत’को भूमिकामा कृष्टिना गुरुङले डेब्यु गर्दैछिन् । भने, मुख्य पात्रको रुपमा मनिष राउतले पनि डेब्यु गर्दैछन् ।










