देश । अष्ट्रेलियामा रहेर लामो समय देखि विभिन्न क्षेत्रमा सक्रिय युवा हुन् , स्वतन्त्र प्रताप शाह । विशेष गरेर युवा सरोकार र यससंग सम्बन्धित विधामा क्रियाशील नेपालीहरु माँझ राम्रै उपस्थिति जनाउदै आएका शाह विश्वमा छरिएर रहेका युवाहरु एउटै छानामुनि आउनु पर्ने तर्क राख्दछन । यसै तर्कलाई आत्मसाथ गर्दै उनले काठमाण्डूमा यहिँ आउँदो अक्टुबर १५ देखि १७ सम्म आयोजना हुन् लागेको गैर आवासीय नेपाली संघको नवौँ अधिवेशनमा सन् २०१९ – २१ को कार्यकालको लागी युवा संयोजकको पदमा उम्मेदवारी दिने भएका छन् । गैर आवासीय नेपाली संघ अष्ट्रेलियामा रहेर आफ्नो सक्रियता निभाउँदै आएका शाह नेपाली फिल्म फेसबुक , मेरो भ्यालेन्टाइन लगायतमा अभिनय पनि गरेका छन् ।
उनले उम्मेदवारी घोषणासंगै एनआरएनए स्पोर्ट्स एकेडेमीको स्थापना र एनआरएनए प्रेसिडेन्ट कपको आयोजनालाई जोड दिएका छन् । एनआरएनए र नेपालमा रहनु भएका युवाहरुलाई एकै छानामुनि ल्याएर युवा उद्धमशिलताको विकाश र सम्वृद्ध नेपालको लागि टेवा दिन आफुले उम्मेदवारीको घोषणा गरेको बताएका छन् । नेपाल र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली माँझ राम्रै पहिचान स्थापित गरेका शाहले एनआरएनएका विविध मुद्दालाई स्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने दावी गरेका छन् । ‘यसका लागि एनआरएनए संग आवद्ध सबैको साथ् र सहयोगको आशा र विश्वासमा छु’ शाह भन्छन् ‘नेपाली फिल्मसंगै कला , संस्कृतिलाई पनि विश्वमा रहेका दोस्रो पुस्ता माँझ विभिन्न कार्यक्रम मार्फत पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।’









