रेडियो नेपालमा ‘प्रेम गीत ३’

फिल्म । छायाँकनमा जानु भन्दा अगाडी नै चर्चामा रहेको फिल्म ‘प्रेमगीत ३’को शिर्ष गीतका लागि ८० जना बाद्यबाधक प्रयोग गरिएको छ । रेडियो नेपालको सबैभन्दा ठुलो रेकर्डिङ स्टुडियोमा कलाकार पनि सहभागी थिए । निर्माण कम्पनि आसुसेन फिल्मसले दिएको जानकारी अनुसार सामुहिक आवाजको लागि कलकार शिवश्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोष सेन स्टुडियो पुगेका थिए ।

आकेष्ट्रासहितको गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेश कुमारको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत संयोजन छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने फिल्म दशैँ लगतै छायाँकनमा जादैछ । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, अनुभव रेग्मी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, सन्तोष सेन, पुस्कर कार्की, समृद्धी शाही ठकुरीलगायतको अभिनय रहनेछ । यहिँ फिल्मबाट ‘गीत’को भूमिकामा कृष्टिना गुरुङले डेब्यु गर्दैछिन् । भने, मुख्य पात्रको रुपमा मनिष राउतले पनि डेब्यु गर्दैछन् ।

कमेन्ट गर्नुहोस्