‘हजार जुनीसम्म’ को सुखद सुरुवात

फिल्म । जनै पुर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ ले सुखद सुरुवात गरेको छ । मल्टिप्लेक्सको तुलनामा सिङ्गल स्क्रिनमा फिल्म हेर्ने दर्शकको चाप बढ्दो छ । राजधानीमा मोफसलमा लगभग ८० % अकुपेन्सी रहेको र दिवा सो लगभग हाउसफुल रहेको वितरकहरुले बताएका छन् । राजधानी स्थित गोपीकृष्ण हलमा फिल्म हेर्न आइपुगेका दर्शकले फिल्म रुचाए । ‘फिल्म हेर्दा सम्पूर्ण प्याकेज लाग्यो , हसाउने र रुवाउने सबै कुरा छन्’ फिल्म हेरेका अधिकांस दर्शकले भने ।

दर्शकको प्रतिक्रियाले आउँदो शो र दिनमा व्यवसाय राम्रो हुने देखिएको छ । ‘वर्ड अफ माउथ’ ले दर्शक बढ्नेमा निर्माण टीम विश्वस्त छन् । दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन् । उनले गेटअप र अभिनयले दर्शकलाई रुझाएका छन् । स्वस्तिमा खड्का र सलोन बस्नेतले पनि दर्शकलाई बाधेर राख्छन । नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ ।

फिल्ममा आर्यन सिग्देल , स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान , संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।

कमेन्ट गर्नुहोस्