‘षट्कोण’ बन्दै

फिल्म । आइतबार राजधानीमा एक कार्यक्रमका बीच मिलन डि. काप्रीको निर्देशनमा बन्न लागेको फिल्म ‘षट्कोण’ को औपचारिक निर्माण घोषणा गरिएको छ । भदौ १८ गतेबाट फ्लोरमा जाने फिल्म मनोवैज्ञानिक रहस्यमा आधारित हुने बताइएको छ । शिशिर वनेमको कथा तथा पटकथा रहेको फिल्ममा महेश दवाडीको संवाद छ । फिल्ममा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्रीको भने अहिलेसम्म टुंगो लागेको छैन । निर्देशक काप्रीका अनुसार, फिल्मका लागि केही अभिनेत्रीसँग कुरा भइरहेको छ ।

अभिनेता कर्माले आफूले फिल्ममा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाहा गर्न लागेको बताए । अर्का कलाकार भोलाराजले फिल्म स्क्रिप्टको फोटोकपी बन्नेमा विश्वास व्यक्त गरे । आङछेन लामाले खिच्ने फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गर्न लागेको हो । भिमफेदी र काठमाडौंमा छायांकन हुने फिल्ममा विशेष पाण्डेको ध्वनी, अशेश लुईंटेलको मुख्य सहायक निर्देशन रहनेछ । यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका निर्देशक काप्रीले एक रहस्मय मर्डरको कथामा ‘षट्कोण’ आधारित भएर बन्ने बताए ।

कमेन्ट गर्नुहोस्